
काठमाडौं । फिल्म ‘हन्टर’ले शीर्ष पात्रको ‘लुक्स’ सार्वजनिक गरेको छ । शीर्ष कलाकार अरुण क्षेत्रीको जन्मदिन अवसरमा बुधबार उनले निर्वाह गरेको पात्रको झलक सार्वजनिक गरिएको हो ।
यो श्यामश्वेत पोस्टरमा अरुणको पात्रलाई चित्रण गरिएको छ । चिउँडोमा हात राखेर उक्त पात्र मूकदर्शक बनेर कतै हेरिरहेको छ । रहस्यपूर्ण पोस्टरमा उनको एक्सन लुक्स दर्शाइएको छ । अनुहारमा रगत लतपतिएको छ ।
यसअघि श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको फिल्मका बाँकी कलाकार खुलाइएको छैन । जीवन सिंहले यो फिल्मलाई निर्देशन गर्नेछन् । उनको यो डेब्यु फिल्म हो ।
क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्म सुदूरपश्चिम क्षेत्रको कथा भन्नेछ । फिल्म एक्सन–इन्टरटेनर हुने निर्देशक सिंहले बताएका छन् । ‘वास्तविक पात्रको कथाबाट प्रेरित हुनेछ’ उनले भने, ‘जसले फिल्मलाई रोचक बनाउनेछ ।’
प्रतिक्रिया 4