+
+

धनगढीमा पाँचतारे होटल बनाउँदै सिद्धार्थ ग्रुप

सन् १९९८ मा कैलाली टीकापुरमा सामान्य होटलबाट सुरु भएको कम्पनीले देशैभरि सेवा विस्तार गरिरहेको छ । सिद्धार्थ हस्पिटालिटी अन्तर्गत विभिन्न आउटलेटमा अहिले २ हजार ५ सयभन्दा बढी कर्मचारी कार्यरत छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते १३:४१

२३ माघ, काठमाडौं । नेपालको चेन हस्पिटालिटी समूह सिद्धार्थ हस्पिटालिटीले धनगढीमा पाँचतारे होटल बनाउने घोषणा गरेको छ ।

कम्पनीले स्थापनाको २७औं वार्षिकोत्सवमा यस्तो जानकारी गराएको हो । सन् १९९८ मा कैलाली टीकापुरमा सामान्य होटलबाट सुरु भएको कम्पनीले देशैभरि सेवा विस्तार गरिरहेको छ ।

यही क्रममा धनगढीमा पाँचतारे होटल निर्माण योजना अगाडि बढाएको कम्पनीले जनाएको छ ।

वार्षिकोत्सवमा आयोजित कार्यक्रममा सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले मुलुकको पर्यटन प्रवर्द्धन गर्दै सिद्धार्थलाई देशव्यापी बनाउने योजनासाथ ग्रुपले ‘भिजन २०३०’ मा काम गरिरहेको जानकारी दिए ।

उनका अनुसार सन् २०३० सम्म स्वदेश तथा विदेशमा समेत गरी कम्तीमा ५८ साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना छ । सिद्धार्थ हस्पिटालिटीले चाँडै भारतमा पनि सेवा विस्तार योजना बनाएको छ ।

साथै, पर्यटन गन्तव्य इलाममा पनि कम्पनीको लक्जरी रिसोर्ट निर्माण योजना बनाएको उनले जानकारी दिए । सिद्धार्थ हस्पिटालिटी अन्तर्गत विभिन्न आउटलेटमा अहिले २ हजार ५ सयभन्दा बढी कर्मचारी कार्यरत छन् ।

कम्पनीले हाल पाँचतारे होटल स्तरमा सिद्धार्थ भिलासा, चारतारे स्तरमा सिद्धार्थ वैभव, तीनतारे स्तरमा सिद्धार्थ बाटिका ब्रान्डमा होटल सञ्चालनमा छन् ।

त्यसबाहेक सिद्धार्थ कटेज, सिद्धार्थ क्याफेका साथै पछिल्लो समय कम्पनी अन्तर्गत एस होटल सञ्चालन तयारी भइरहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?