+
+

राष्ट्रिय किताबखानामा शिक्षामन्त्रीको छड्के, फाइल अड्काएर नराख्न निर्देशन

पेन्सनपट्टा बनाउन सातै प्रदेशबाट शिक्षक काठमाडौं नै आइपुग्नुपर्ने बाध्यता छ । पेन्सनपट्टाका लागि दुःख पाएको गुनासो बढेपछि शिक्षामन्त्री भट्टराई बुधबार आफैं किताबखाना पुगेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते १३:५८

२३ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय किताबखानाको छड्के अनुगमन गरेकी छिन् । ताहाचलस्थित किताबखानाको कार्यालयमा बुधबार दिउँसो शिक्षामन्त्री भट्टराई छड्के अनुगमनमा पुगेकी हुन् ।

शिक्षकहरूले पेन्सनपट्टा बनाउनका लागि दुःख पाएको गुनासो बढेपछि शिक्षामन्त्री भट्टराई बुधबार आफैं किताबखाना पुगेकी हुन् ।

पेन्सनपट्टाका लागि अर्थ मन्त्रालयबाट आएको अध्यादेशमा नयाँ व्यवस्था भएकाले सोही अनुसार कार्य अघि बढाउन शिक्षामन्त्री भट्टराईले कर्मचारीहरूलाई आग्रह गरेकी छिन् ।

किताबखानामा आएका समस्याहरू अड्काउने काम भएको भन्दै शिक्षामन्त्री भट्टराईले त्यस्तो नगर्न आग्रह गरिन् ।

मन्त्रीहरूकै कारणले केही कुरामा आफूहरू समस्यामा पर्ने गरेको कर्मचारीहरूको गुनासो थियो ।

‘मन्त्रीकै आदेशबाट विद्यालयमा हाजिर गराउनु भनेर भनेको बेलामा हामीले कति समस्या हुन्छ होला ?,’ अनुगमनमा पुगेकी शिक्षामन्त्री भट्टराईलाई एक कर्मचारीले प्रश्न गरे ।

राष्ट्रिय किताबखाना (शिक्षक) मा पेन्सनपट्टाका लागि कहिले ५० बढी फाइल हुन्छन् त कहिले ५–७ वटा । पेन्सनपट्टा बनाउन सातै प्रदेशबाट शिक्षक काठमाडौं नै आइपुग्नुपर्ने बाध्यता छ ।

तस्वीरहरू : दिनेश गौतम/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?