
२३ माघ, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारको कसुरमा नेपाली कांग्रेसका एक नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अछामको प्रतिनिधिसभा क्षेत्र न २ (क) को सभापति ताराप्रसाद खनाल छन् । खनाललाई आइतबार कैलालीबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका एसएसपी दीपेन्द्र जिसीले बताए ।
‘उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको रहेछ । त्यसपछि हामीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका हौं,’ जिसीले भने ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4