+
+

पोखरामा शेखरलाई नबोलाएको भन्दै गुरुराज घिमिरेको रोष

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते १५:०५

२३ माघ, काठमाडौं । पोखरामा जारी नेपाली कांग्रेसका ७ प्रदेशका सभापति, उपसभापति, जिल्ला सभापति र उपसभापतिहरुको अभिमूखीकरण कार्यक्रममा संस्थापन इतर पक्षका शेखर कोइरालालाई नबोलाएपछि नेता गुरुराज घिमिरेले रोष प्रकट गरेका छन् ।

नेता घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा पार्टी आयोजनालाई गुट भेलामा परिणत गर्न खोजिएको भन्दै आरोप लगाएका छन् । उनले अभिमूखीकरण तालिम कार्यक्रम राम्रो हुँदाहुँदै पनि उदेकलाग्दो देखिएको उल्लेख गरेका छन् ।

‘यसले पार्टी परम्परा र संस्कारलाई बलपूर्वक भत्काउने कोशिस गरेको छ।यसअघि कोशी प्रदेशमा यस्तै अभ्यास गरिएको थियो’, उनले लेखेका छन्, ‘यस्ता अभ्यासले पार्टीको बागडोर लिएका जिम्मेवार नेतृत्व गणको हामीले जे गरेपनि हुन्छ भन्ने अभिमानलाई झल्काउँछ र आउने पुस्तालाई अराजक बन्न प्रेरित गर्छ ।’

नेता घिमिरेले पार्टी पद ओगटेका २, ४ व्यक्तिका लागिमात्रै नभएको पनि बताएका छन् । ‘पार्टी भित्रकोआफ्नो प्रतिस्पर्धीलाई सँगै लिएर हिड्न नसक्नु नेतृत्वको अफलता हो । पार्टी आयोजनालाई गुट भेलामा परिणत गर्न खोज्ने र आफूलाई अरुभन्दा गतिलो ठान्नेहरु समेत चुँइक्क बोल्न नसकेको देख्दा राम्रो जग हँसाइ भएको छ’, उनले भनेका छन् ।

सातै प्रदेशका सभापति, उपसभापति र ७७ वटै जिल्लाका सभापति उपसभापतिहरूका आयोजित यो अभिमुखीकरण कार्यक्रममा सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायत पदाधिकारी पोखरा पुगेका छन् ।

तर त्यसमा संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका प्रभावशाली नेता डा. शेखर कोइराला भने सहभागी छैनन् । उनले आफैंले कुनै पदाधिकारीले निम्तो नै नगरेको र आफूलाई टाढा–टाढा पार्न खोजिएको प्रतिक्रिया दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?