+

दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता सुरु

२०८१ माघ  २३ गते १५:४५ २०८१ माघ २३ गते १५:४५
दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता सुरु

२३ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा दोस्रो विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता माघ २४ गतेसम्म चल्नेछ ।

खेलकुदलाई तहगत रुपमा विकास गर्ने उदेश्यबाट विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न थालिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताए । दोस्रो विश्वविद्यालय खेलकुदको आज पोखरामा उद्घाटन गर्दै घिसिङले खेलेर पनि बाँच्न सक्ने कानुनी व्यवस्था गरिको जानकारी पनि दिए ।

प्रतियोगितामा काठमाडौं, पूर्वान्चल, त्रिभुवन, पोखरा, गण्डकी, लम्बिनी, सुदूरपश्चिम, कृषि तथा वन विज्ञान र पूर्वाञ्चल विश्व विद्यालका टिम सहभागी छन् । भलिबल, एथलेटिक्स,टेबलटेनिस र व्याडमिन्टनमा गरी १९ स्वर्ण पदका लागि प्रतिस्पर्धा भइरहेको प्रतियोगिताका सचिव तथा राखेप प्रतियोगिता विभाग प्रमुख मीनकुमार शर्माले जानकारी दिए ।

राखेप विश्वविद्यालय खेलकुद प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय