+
+

चितवन अदालतमा रविको बयान सकियो, आजैबाट थुनछेक बहस

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते १५:४८

२३, माघ, चितवन । चितवन जिल्ला अदालतमा साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । बिहान पौने १२ बजेदेखि सुरु भएको बयान ४ घण्टासम्म चलेको थियो ।

उनको आजै थुनछेक बहस सुरु गर्ने तयारी भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलास नं. २ मा उनको बयान चलेको थियो ।

थुनछेक बहसका लागि रवि लामिछानको तर्फबट बहस गर्ने अधिवक्ताहरुले आफ्नो नाम दर्ता गराएका छन् ।

लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ता सुवर्ण सापकोटा,नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा, सञ्जय गोलेले वकालतनामा दर्ता गराएका छन् ।

सहकारी पीडितको तर्फबाट अधिवक्ताहरू राजकुमार श्रेष्ठ, रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्नेछन् ।

सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपानेसहित सरकारी वकिलहरू बुद्धबहादुर थापा, अमृत सुवेदीले बहस गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?