
२३ माघ, काठमाडौं । स्थानीय तहको दोस्रो निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेद्वारी दिँदा मेयर बालेन्द्र शाह (बालेन) ले गाएको ‘बलिदान’ एल्बमको गीत भाइरल भएको थियो ।
त्यतिबेला गीतको ‘गरिबको चमेलीको बोल्दिने कोही छैन …’ भन्ने क्लिप धेरै भाइरल भएको थियो । उनले बुधबार ‘बलिदान’ एल्बमकै अर्को क्लिप ‘मलाई बोल्न दे’ सरकार भनिएको क्लिप सेयर गरेका हुन् ।
सरकारले संसदमा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक २०८१ विधेयक विरोध स्वरुप उक्त क्लिप सेयर गरेका छन् ।
सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्ने भन्दै विधेयकमा वाक स्वतन्त्रता वञ्चित गरेकोमा विरोध स्वरूप गीत पुनः सेयर गरेको उनको सचिवालयले जनाएको छ ।
‘मेयरले के भन्नु खोज्नु भएको गीतको क्लिपमा प्रष्टै छ । सरकारले बोल्न नदिने विधेयक ल्याएपछि विरोध गरेको कुरा हो,’ सचिवालयका एक सदस्यले अनलाइनखबरसँग भने ।
उनले बोल्न नदिने ऐन ल्याउने सरकारको कदमको विरोध गरेको बताएका हुन् ।
प्रतिक्रिया 4