२३ माघ, काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुलले ११औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज बास्केटबलमा बुधबार विजयी सुरूवात गरेको छ । स्वयम्भुस्थित घरेलु कोर्टमा एक्सेल्सियरले ह्वाइटफिल्डलाई २७–११ ले पराजित गर्यो । एक्सेल्सियरका छिरिङ गुरुङले १२ अंक जोडे ।
सिनियर ब्वाइजमै संस्कृतिले पुष्पसदनलाई २२–२०, भ्याली भ्युले होली भिजनलाई ३४–२६ र रेडियन्ट पब्लिकले न्यु जेनिथलाई ४३–१९ ले हराए । संस्कृतिका प्राण्जन शर्माले ९, भ्याली भ्युका गणेशबहादुर विष्टले १५ र रेडियन्टका सुप्रित लामिछानेले ११ स्कोर गरे ।
बास्केटबलकै सिनियर गल्र्समा रिब्सले निःसर्ग वाटिकालाई २४–१ तथा ल्यान्डमार्क एकेडेमीले एक्सेल्सियरलाई २१–५ ले सहजै पाखा लगाए । रिब्सकी सुप्रिया मल्लले ९ तथा ल्यान्डमार्ककी प्रतिक्षा राईले ११ अंक बटुले ।
ब्वाइज फुटसलको यू–१४ मा एक्सेल्सियरले शानदार जित हात पारेको छ । एक्सेल्सियरले काभ्यामाथि ७–१ को सहज जित दर्ता गर्यो । एक्सेल्सियरका लागि कृष एक्लैले ४ गोल गर्दा साहिल, निक्सन र आयानले समान १–१ गोल थपे । काभ्याका प्रयुश दाहालले सान्त्वना गोल गरे ।
यू–१६ मा निःसर्ग वाटिकाले एक्सेल्सियरलाई २–० गोलले पराजित गर्यो । निःसर्गका सदिसनध्वज र अक्सिन दासले समान १–१ गोल गरे । बोधीसत्व विरुद्धको खेलमा भने निःसर्गले २–२ गोलको बराबरी खेल्यो ।
यू–११ मा काभ्याले संस्कृतिलाई २–० गोलले हरायो । काभ्याका लागि दुवै गोल रेहान श्रेष्ठले गरे । भ्याली भ्यु र स्वस्तिश्री गुरुकुलबीचको खेल गोलरहित बराबरीमा सकियो ।
यू–९ मा काभ्याले एक्सेल्सियरलाई ४–१ गोलले पाखा लगायो । काभ्याका प्राण्जलले ह्याट्रिक तथा सुवासिशले १ गोल गरे । एक्सेल्सियरका सनिश रजौरेले १ गोल फर्काए । संस्कृतिले एक्सेल्सियरलाई ३–० गोलले पन्छायो । संस्कृतिका श्रीयान्श, आर्भे र अर्सवले समान १–१ गोले गरे ।
प्रतिक्रिया 4