+

राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगिता शनिबार

२०८१ माघ  २३ गते १९:३६ २०८१ माघ २३ गते १९:३६
राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगिता शनिबार

२३ माघ, काठमाडौं । ज्ञान संस्कार इन्टरनेशनल स्कुल र नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको संयुक्त आयोजनामा दोस्रो ज्ञान संस्कार राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहने ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया बडूले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । यु–६, ६–८ वर्ष, ८–१० वर्ष, १०–१२ वर्ष, १२–१४ वर्ष र १४–१६ वर्ष छात्र/छात्रामा १२ स्पर्धामा खेल हुनेछ ।

प्रधानाध्यापक निलमले नेपालमा पनि युवाहरूमाझ स्केटिङ खेल लोकप्रिय बन्दै गएको बताउँदै अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्न प्रतियोगिताले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

प्रधानाध्यापक निलमले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर प्रदान गर्ने बताइन् ।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका महासचिव सत्य थापाले राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगिता आयोजना गर्न संघले ज्ञान संस्कारसँग ५ वर्षको सम्झौता गरेको बताउँदै विद्यालयस्तरका प्रतियोगिताबाट नै राष्ट्रिय खेलाडी उत्पादन गर्न संघले विशेष ध्यान दिइरहेको बताए ।

एकदिने प्रतियोगिताका खेलहरु सामाखुसीस्थित आयोजक ज्ञान संस्कारको हातामा हुनेछ ।

अन्तरविद्यालय स्केट प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय