
२३ माघ, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १४औं महाधिवेशनमा बनेकै समूहमा आफू रहेको बताएका छन् ।
नेता डा. शेखर कोइराला र महामन्त्री थापा टाढिएको चर्चाका वीचमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
महामन्त्रीको रुपमा मेरो जिम्मेवारी सिंगो पार्टीको रुपमा जिम्मेवारी रहेकाले सबैको हुने कोसिस स्वभाविक रहेको थापाले प्रतिक्रिया दिए ।
पोखरामा पत्रकारसँग बुधबार बोल्दै थापाले भने, ‘जहाँ समूहको कुरा आउँछ । १५ औं महाधिवेशनसम्म शेखर कोइराला र म एकै ठाउँमा छौं । म चाहिं त्यही छु । म भएकै ठाउँमा शेखर डा. साब भएको ठान्छु । रहने र नरहने भन्ने कुरा त आ आफ्नो व्यक्तिगत कुरा भयो ।’ पार्टीमा समूह बन्ने कुरा स्वभाविक भएको उनले बताए ।
समूहको नेताका रुपमा आज र भोलि पनि कोइराला रहेको थापाले बताए । उनले भने,‘उहाँ आज पनि नेता हुनुहुन्छ, भोलि पनि नेता रहनुहुन्छ । पार्टीभित्र उहाँको नेतृत्वमा म १४ औं महाधिवेशनमा नेतृत्वमा म महामन्त्रीमा प्रतिस्पर्धा गरेको हुँ ।’
प्रतिक्रिया 4