+
+

‘बलिदान’को गीत सेयर गर्दै बालेनले सरकारलाई दिन खोजेको सन्देश

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते १८:४५

काठमाडौं महानगर मेयर समेत रहेका र्‍याप गायक बालेन शाहले बुधबार बेलुका सामाजिक संजालमा २ वर्षअघिको एक टिभी शोमा आफूले गाएको ‘बलिदान’को गीतलाई पुनः शेयर गरे ।

सुरजसिंह ठकुरीको टिभी कार्यक्रम ‘इट्स माई शो’मा बालेनले सो गीतमा प्रस्तुति दिएका थिए । मेयर चुनावको सन्दर्भमा बालेनले गीत गाएका थिए । गीत निकै हिट भएको थियो । यो गीत भने ५ वर्षअघि नै उनले रिलिज गरिसकेका हुन् ।

क्याप्सनबिना बालेनले अचानक पुनः गीत शेयर गरेका छन् । उनले गीतलाई सेयर गर्नुको ‘समय र सन्दर्भ’ अर्थपूर्ण छ । हालै संसदमा दर्ता भएको सामाजिक सञ्जाल विधेयकमा प्रस्तावित प्रावधानले अभिव्यक्ति स्वतन्त्रताको हनन गर्ने भन्दै यतिबेला सरकारको आलोचना भैरहेको छ ।

बुधबार मात्रै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दर्ता प्रक्रिया पुरा नभए फेसबुक, इन्स्टाग्रामसहितका प्लाटफर्म बन्द गर्ने चेतावनी दिइसकेका छन् । ठीक यही ‘टाइम एन्ड स्पेस’मा मेयर बालेनले आफ्नो हिट गीतलाई सेयर गर्दै सरकारलाई सन्देश दिन खोजेका छन् ।

गीतको बोल छ :

‘मलाई बोल्न दे, सरकार, अपराध हैन
मन खोल्न दे, दरबारको म सराप हैन
मन खराब छैन, सही बोल्न डराउँदैन
कानुन पो लाग्छ कि ? आवाज उठाउँदैमा’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?