+
+

धितोपत्र बोर्डले मर्चेन्ट बैंकरलाई खोल्यो सबै कार्यको लाइसेन्स

१ अर्ब चुक्ता पूँजी भएका मर्चेन्ट बैंकरले सर्वसाधारणलाई सेयर जारी गर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते १८:५२

२३ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर (धितोपत्र व्यवसायी)को सबै कार्यका लागि पुनः अनुमति प्रदान गर्ने भएको छ ।

सार्वजनिक निष्कासन तथा बिक्री प्रवन्धक र सेयर रजिस्ट्रेसन सेवा सञ्चालन गर्नका लागि मर्चेन्ट बैंकरलाई अनुमति दिने कार्य २०७५ देखि रोकिएको थियो ।

अब यी दुई कार्यका लागि पनि अनुमति खोलिएको बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए ।

‘२०७५ साउनदेखि  यी दुई सेवाका लागि अनुमति दिने कार्य स्थगित गरिएको थियो’ उनले भने ‘अब यी कार्यका लागि पनि अनुमति खुला गरिएको हो यी दुईबाहेक एडभाइजरी, पोर्टफोलियो म्यानेजमेन्ट जस्ता कार्यका लागि अनुमति दिने कार्य जारी नै थियो ।’

हाल ३१ वटा मर्चेन्ट बैंकर सञ्चालनमा छन् । अब सार्वजनिक निष्कासन तथा बिक्री प्रवन्धक र सेयर रजिस्ट्रेसन सेवा सञ्चालनको पनि अनुमति लिन चाहनेले मर्चेन्ट बैंकर नियमावली २०६७ बमोजिम आवेदन दिन सक्नेछन् ।

साथै मर्चेन्ट बैंकरले सार्वजनिक निष्कासन गर्न चाहेमा नियमावली बमोजिम व्यवसाय सञ्चालन गरेको १० वर्ष पूरा गरिसकेको तथा कम्तीमा १ अर्ब चुक्ता पूँजी कायम रहेको भए ३० प्रतिशतभन्दा कम नहुनेगरी सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था समेत गरिएको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?