२३ माघ, काठमाडौं । पोखरामा जारी दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको टेबलटेनिस प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयले दुई स्वर्ण प्राप्त गरेको छ । महिला तथा पुरुष डबल्समा त्रिविका टिमले स्वर्ण जितेका हुन् ।
महिला डबल्समा सिक्का सुवाल र दिया देउलाको टिमले काठमाडौंको सुजाता पौडेल र स्वस्थी प्रधानको जोडीलाई पराजित गरेको हो ।
यस्तै पुरुष डबल्समा सिद्धार्थ तामाङ र राजोज मान थाकुको टिमले गण्डकीको गनन्जय दाहाल र अनुष कुँवरको टिमलाई पराजित गरेको हो ।
यस्तै महिलामा पोखरा र गण्डकी तथा पुरूषमा काठमाडौं र पुर्वाञ्चल विश्वविद्यालय तृतीय भएका छ्न् ।
प्रतिक्रिया 4