+
+

असन्तुष्ट शेखरलाई पूर्णबहादुरको स्पष्टीकरण- भेला केन्द्रीय कार्यालयले गरेको होइन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते १९:४२

२३ माघ, काठमाडौं । नेपाली कांग्रेसको पोखरामा भएको अभिमुखीकरण कार्यक्रममा आमन्त्रण नगरिएको विषयमा नेताहरूले असन्तुष्टि जनाएपछि उपसभापति पूर्णबहादुर खड्काले स्पष्टीकरण दिएका छन् ।

मंगलबार र बिहीबार (हिजो र आज) पोखरामा जिल्ला सभापति र जिल्ला प्रशिक्षण शाखाको प्रमुखका लागि र अभिमुखीकरण कार्यक्रम राखिएको थियो ।

उपसभापति खड्का नेतृत्वको नीति, प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानले अभिमुखीकरण आयोजना गरेको थियो ।

प्रदेश सभापति, जिल्ला सभापति सहित केन्द्रीय सदस्यहरु सहभागी कार्यक्रममा आमन्त्रण नगरिएको भन्दै पूर्व पदाधिकारी र संस्थापनइतरका नेता डा.शेखर कोइरालाले असन्तुष्टि व्यक्त गरेका थिए ।

असन्तुष्ट नेताहरूलाई लक्षित गर्दै खड्काले अभिमुखीकरण प्रतिष्ठानले गरेको जानकारी गराए ।

केन्द्रीय कार्यालयले आयोजना गरेको नभई प्रतिष्ठानले आव्हान गरेको उनले प्रष्टीकरण दिए । खड्काले आफू नेतृत्वको प्रतिष्ठान अन्य विभाग जस्तै भएकाले भ्रमबाट मुक्त हुन नेताहरूलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?