+
+

२०८३ सालमा सक्नुपर्ने द्रुतमार्गको भौतिक प्रगति ३७ प्रतिशत, प्रधानमन्त्रीले लिए ‘ब्रिफिङ’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते १९:५८

२३ माघ, काठमाडौं । आगामी २०८३ सालमा सम्पन्न हुनुपर्ने गरी लक्ष्य राखिएको काठमाडौ–मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति ३७.६ प्रतिशतमात्र पुगेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यस आयोजनाबारे बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिफ्रिङ’ लिएका छन् । प्रधानमन्त्री ओलीले नेपाली सेनालाई दिएको जिम्मेवारी गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्देशन दिए ।

उनले खोकना क्षेत्रका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयलाई थप अध्ययन गरी प्रस्ताव ल्याउन समेत आग्रह गरेका छन् ।

बुधबारको छलफलमा सेनाले खोकनामा जग्गा अधिग्रहण र रुख कटानमा भएको ढिलाइबारे जानकारी गराएको थियो ।

यो आयोजना २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागतमा बन्दैछ । कुल ७०.९७ किलोमिटर लामो यो आयोजना २०७४ सालमा सुरु भएको थियो । आयोजना चैत २०८३ मा सक्नुपर्ने लक्ष्य छ । आयोजनाको वित्तीय प्रगति ३९.७४ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?