२४ माघ, काठमाडौं । आर्सनल इंग्लिस फुटबल लिग (ईएफएल) कपबाट बाहिरिएको छ । न्युकासलसँग दोस्रो लेगमा २-० को हारसँगै समग्रमा ४-० को हार व्यहोरेको आर्सनल बाहिरिएको हो ।
गएराति न्युकासलको मैदानमा भएको खेलमा आर्सनल २-० ले पराजित भयो । न्युकासलको जितमा जाकोब मर्फी र एन्थनी गोर्डोनले १-१ गोल गरे ।
१९औं मिनेटमा मर्फीको गोलमार्फत अग्रता लिएको न्युकासलका लागि ५२औं मिनेटमा गोर्डोनले गोल गर्दै अग्रता दोब्बर पारे ।
पहिलो लेगमा आर्सनल घरेलु मैदानमै २-० ले पराजित भएको थियो । न्युकासलले अब लिभरपुल र टोटनहामबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ ।
प्रतिक्रिया 4