
२४ माघ, काठमाडौं । अपरसोलु हाइड्रो इलेक्ट्रिकको नाफा ७० प्रतिशत बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १४ करोड ३२ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा यस्तो नाफा ८ करोड ३९ लाख रुपैयाँ थियो ।
विद्युत् बिक्री आम्दानी बढ्नु र वित्तीय लागत घट्नुले कम्पनीको नाफामा टेवा पुगेको छ । विद्युत् बिक्री आम्दानी पहिले ४२ करोड ८८ लाख रुपैयाँ रहेकोमा अहिले ४५ करोड ४८ लाख रुपैयाँ छ । त्यस्तै वित्तीय लागत पहिले १९ करोड ५५ लाख रुपैयाँ रहेकोमा अहिले १५ करोड ६० लाख रुपैयाँ छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ६१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ९५ पैसा छ । बुधबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७०० रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4