+
+

सानिमा माइ हाइड्रोपावरको नाफा १९ प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते ९:१४

२४ माघ, काठमाडौं । सानिमा माइ हाइड्रोपावरको नाफा १९ प्रतिशत घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २६ करोड ९१ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ३३ करोड ४१ लाख रुपैयाँ थियो ।

विद्युत् बिक्री आम्दानी घट्दा कम्पनीको नाफा खस्किएको हो । विद्युत् बिक्री आम्दानी गत आवको दोस्रो त्रैमासमा ४९ करोड ९२ लाख रुपैयाँ रहेकोमा यो आवको सोही अवधिमा ४० करोड ६३ लाख रुपैयाँ छ । बैंकको ब्याज घट्दा वित्तीय लागत पहिले ५ करोड रहेकोमा अहिले ४ करोडमा झरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९२ पैसा छ । पहिले यस्तो आम्दानी १० रुपैयाँ ८२ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ छ । बुधबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ५०९ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?