+
+

काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिन्डर विस्फोट, १४ जना घाइते

विस्फोटमा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लिइएको छ भने ३ जना सामान्य छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते ९:२७
ग्याँस सिलिण्डर विष्फोट भएको सानदार म:म पसल ।

२४ माघ, काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिन्डर विस्फोट भएको छ । आज बिहान पौने ९ बजेको समयमा  विस्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता  प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार म:म पसलमा ग्याँस सिलिन्डर पड्किएको हो । घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको उनले बताए ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरु सबैलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ ।

सिलिन्डर विस्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ । त्यहाँ प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली र मालीगाउँ प्रहरीको टोली खटिएको छ ।

तस्वीर : चन्द्रबहादुर आले

घटनास्थलमा जम्मा भएका सुरक्षाकर्मी र स्थानीय ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?