+
+

एनएमबीको नयाँ म्युचुअल फन्डमा लगानी आवेदन खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते ९:४१

२४ माघ, काठमाडौं । एनएमबी बैंकको कोष प्रवद्र्धनमा सञ्चालन हुने नयाँ म्युचुअल फन्ड ‘एनएमबी हाइब्रिड फन्ड एल २’मा लगानी आवेदन खुलेको छ ।

कम्पनीले १२ करोड इकाइमध्ये १० करोड २० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरेको हो । अंकित मूल्य १० रुपैयाँको यस फन्डमा बिहीबारदेखि अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ ।

छिटोमा माघ २८ र ढिलोमा फागुन ८ गतेसम्म आवेदन खुल्न सक्नेछ । न्युनतम १ सय कित्ता तथा अधिक १ करोड २० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । बन्दमुखी यस योजना दोस्रो बजारमा सूचीकृत भइ कारोबारमा आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?