+
+

कमलपोखरी ग्याँस सिलिन्डर विस्फोटका घाइते सबैलाई कीर्तिपुर लगियो

प्रहरीका अनुसार घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ भने अरु १० जनाको अवस्था सामान्य छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते ११:००

२४ माघ, काठमाडौं । कमलपोखरीस्थित सानदार मःम पसलमा ग्याँस सिलिन्डर विस्फोट हुँदा घाइते भएका सबै ११ जनालाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको छ ।

हिमाल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सबै घाइतेहरुलाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ भने अरु १० जनाको अवस्था सामान्य छ ।

विस्फोटमा घाइते भएका कूल १४ जनामध्ये ३ जना भने अस्पताल लैजानुनपर्ने खालका रहेका प्रहरीले जनाएको छ ।

आज बिहान पौने नौ बजे मःम पसलको भान्साकोठामा ग्याँस सिलिन्डर पड्किएको थियो । सिलिण्डर पड्किँदा भुइँतलामा भएको मःम पसल भएको घरको सिलिङ नै खसेको छ । माथिल्लो तलाका झ्यालका सिसा पनि फुटेका छन् ।

स्थानीयका अनुसार ठूलो आवाजका साथ विस्फोट भएलगत्तै प्रहरीका गाडी र एम्बुलेन्सहरु घटनास्थल पुगेका थिए । उद्धारमा प्रहरीवृत्त मालीगाउँबाट प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमाण्डमा टोली खटिएको थियो ।

प्रहरी र स्वास्थ्यकर्मीहरुले घाइतेहरुलाई सुरुमा नजिकै रहेको हिमाल अस्पतालमा पुर्‍याएका थिए । तर पछि सबै घाइतेलाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको हो ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?