
काठमाडौं । नेपाली फिल्म ‘खुस्मा’मा समावेश पाश्र्वगीत ‘रुकुम मैकोट’ले एकपछि अर्को कीर्तिमान रचिरहेको छ । एसडी योगीद्वारा संगीतबद्ध गीत युट्युव प्लाटफर्ममा सबैभन्दा छिटो १० करोड भ्यूज पाउने पहिलो नेपाली गीत बनेको छ ।
नेपाली समयानुसार बुधबार राती यो गीतले उक्त रेकर्ड रचेको हो । २३ साताअघि रिलिज भएको यो गीतले असोज-कात्तिकमा डेढमहिना युट्युवको ग्लोबल ट्रेन्डिङमा स्ट्रिमिङ हुँदै इतिहास रचेको थियो ।
यसअघि युट्युवमा सबैभन्दा छिटो १० करोड भ्यूज पाउने नेपाली गीतको रेकर्ड फिल्म ‘घामड शेरे’को ‘साली मनपर्यो’सँग थियो । यो गीतलाई १० करोड भ्यूज पाउन २ वर्ष लाग्यो । तर, ६ महिनाभन्दा कम समयमै ‘रुकुम मैकोट’ले रेकर्ड रच्यो । यो कीर्तिमान रच्न तत्काल कुनै नेपाली गीतलाई हम्मे हम्मे पर्ने देखिन्छ ।
‘रुकुम मैकोट’मा योगीको संगीत, योगी र शान्तिश्री परियारको आवाज र सुरेन्द्र रानाको शब्द छन् । यो समाचार तयार पारिरहँदासम्म ‘रुकुम मैकोट’ पछिल्लो एकवर्षमा युट्युव चार्टको शीर्षस्थानमा स्ट्रिमिङ छ । पछिल्लो साता यो गीत युट्युव चार्टमा चौंथो स्थानमा छ ।
[
जनवरी महिनाको पछिल्लो साता यो गीत युट्युवमा नेपालभित्र धेरै हेरिने तेस्रो स्थानमा छ जसलाई एक सातामै झण्डै १८ लाख पटक हेरिएको छ । युट्युव डेटाअनुसार यो गीतलाई नेपालभन्दा विदेशबाट धेरै हेरिएको देखिएको छ । भारतका आसाम, सिलिगुढी, गुवाहटीजस्ता नेपालीभाषी क्षेत्रबाट सर्वाधिक हेरिएको छ ।
गीतको भिडियोमा अभिनय गरेका अभिनेता धीरज मगरले १० करोडको आँकडा पार गरेकोमा खुसी व्यक्त गरेका छन् । धेरै टिकटक भिडियो बनाउने गीत समेत बनेको बताउँदै उनले सामाजिक संजालमा पनि धेरै हेरिएको गीतको रेकर्ड रचेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4