+
+

भौतिकमन्त्री र भारतीय राजदूतबीच भेट, रेल मार्ग सहकार्यबारे छलफल

रेल सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्तिलाई तालिम तथा प्रशिक्षण उपलब्ध गराउन भारत तयार रहेको राजदूत श्रीवास्तवले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते १३:०९

२४ माघ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा द्विपक्षीय हितबारे कुराकानी भएको मन्त्रालयले जनाएको छ । भेटमा राजदूत श्रीवास्तवले नेपाल–भारत रेल मागबारे कुरा गरेको मन्त्रालयले जनाएको छ ।

रेल सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्तिलाई तालिम तथा प्रशिक्षण उपलब्ध गराउन भारत तयार रहेको उनले बताए ।

त्यस क्रममा मन्त्री दाहालले नेपालको रेलवे तथा विकासका अन्य क्षेत्रमा भारतले पुर्‍याएको योगदानको प्रशंसा गरेको मन्त्रालयले जनाएको छ । उनले आगामी दिनमा दुई देशबीच सम्बन्ध थप प्रगाढ बन्ने समेत बताए ।

भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्रालयसँग सरोकार राख्ने विषयमा दुई देशका अधिकारीबीच छिट्टै बैठक बस्ने विश्वास व्यक्त गरे ।

भेटमा रेल विभाग महानिर्देशक अजयकुमार मुल, सडक विभाग महानिर्देशक रामहरि पोखरेल, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकाल, अन्य सहसचिव लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?