+
+

प्रेस चौतारी नेपालबाट ११ पत्रकार पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते १३:२२

२४ माघ, काठमाडौं । प्रेस चौतारी नेपालले ११ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।

चौतारीका महासचिव हिरामान लामाले बक्तव्य जारी गरी पुरस्कृत पत्रकारहरुको नामावली सार्वजनिक गरेका छन् । बक्तव्य अनुसार हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार मातृका पौडेललाई दिइने भएको छ ।

अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार हेमन्त पौडेललाई, डा.शान्ति पाण्डे प्रेस चौतारी नेपाल राष्ट्रिय महािल पत्रकारिता पुरस्कार शान्ति गुरुङलाई, विरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लालबाबु शेख र रिमा सोमैलाई दिइने भएको छ ।

यस्तै डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार टपेन्द्र कार्कीलाई, सावित्रीदेवी–पद्यलक्ष्मी बस्नेत स्मृति पुरस्कार उषा तामाङ र मालती केसीलाई संयुक्त रुपमा दिने चौतारीले निर्णय गरेको छ । चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार गार्डेन राई र हरिश चन्दलाई दिने निर्णय भएको महासचिव लामाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?