+
+

प्रचण्डले भने- सम्झाइबुझाइ गरे हुने घटनामा समेत हतकडी लगाइँदैछ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते १४:५८

२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले नागरिकलाई दुःख दिइरहेको आरोप लगाएका छन् । सम्झाइबुझाइ गरेर पठाउन सकिने घटनामा पनि कडा–कडा मुद्दा लगाइरहेको उनको गुनासो छ ।

प्रचण्डले भने, ‘सम्झाइबुझाइ गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ, कडा–कडा मुद्दा लगाइँदैछ । यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?’

प्रचण्डले पनि त्यसै घटनाप्रति संकेत गर्दै सरकार निरंकुश ढंगले अघि बढ्न खोजेको र नागरिकलाई दुःख दिन खोजेको आरोप लगाएका हुन् । उनले सरकारले राजनीतिक प्रतिशोध साँध्ने र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको टिप्पणी समेत गरे ।

पाथिभरा केवलकारको विवादमा झडप हुँदा प्रहरीले गोली चलाएको र सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति स्वतन्त्रतालाई वैधानिक रुपमै नियन्त्रण गर्न खोजेको घटनासमेत जोड्दै प्रचण्डले सरकार दमनको बाटो हिँडेको आरोप लगाए । प्रचण्डले प्रश्न गरे, ‘यो के हो ? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईहरु ? संविधानभन्दा माथि हो ? तपाईहरु मालिक र नागरिक दास हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?