
२४ माघ, दोलखा । नेकपा एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङले खोज अनुसन्धानको क्षेत्रमा कलम चलाउन पत्रकारहरूसँग आग्रह गरेका छन् ।
प्रेस चौतारी दोलखाको आठौँ जिल्ला अधिवेशनलाई बिहीबार चरिकोटमा सम्बोधन गर्दै गुरुङले यस्तो बताएका हुन् ।
सामाजिक समस्याका साथै विश्व जगतमा भएको प्रगति र त्यसबाट नेपालले लिन सक्ने लाभबारे पनि समाजलाई सुसूचित गर्न उनले पत्रकारहरूसँग आग्रह गरे ।
निर्माण भएका जलविद्युत् आयोजना र निर्माणाधीन अवस्थामा रहेका आयोजनाबाट दोलखाका जनताको हित हुने गरी कलम चलाउनु पर्नेमा उनको जोड थियो ।
त्यस्ता आयोजनाबाट निश्चित मानिसहरूले लाभ लिने स्थानीय श्रोतको उपयोगबाट स्थानीय समुदाय वञ्चित भइरहेको कुरालाई पत्रकारिता क्षेत्रले उठाउनु पर्ने उनको सुझाव थियो ।
कार्यक्रममा बुद्धिमान स्मृति पत्रकारिता पुरस्कार जीवन लामालाई प्रदान गरिएको छ । प्रेस चौतारी नेपालका पूर्वअध्यक्षहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।
प्रतिक्रिया 4