+

ओलम्पिक कमिटीको निर्वाचन अवैध भएको राखेपको ठहर, कारबाही प्रक्रिया अघि बढाइयो

२०८१ माघ  २४ गते २०:५४ २०८१ माघ २४ गते २०:५४

अदालतको आदेशविपरीत विद्युतीय माध्यमबाट निर्वाचन गरेको भनिएको नेपाल ओलम्पिक कमिटिको कुनै पनि बैठक लगायतका काम कारबाहीमा अवैधानिक रुपमा निर्वाचनमा सहभागी राष्ट्रिय खेल संघ र महासंघहरुलाई सहभागी नगर्न र नगराउन राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गर्ने निर्णय भएको राखेपले जनाएको छ ।

ओलम्पिक कमिटीको निर्वाचन अवैध भएको राखेपको ठहर, कारबाही प्रक्रिया अघि बढाइयो

२४ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन अवैध भएको ठहर गरेको छ ।

राखेप कार्यकारी समितिको ३३औं बैठकले एनओसी निर्वाचन कानुनसम्मत मान्न नसकिने ठहर गर्दै कारवाही प्रक्रिया अगाडि बढाएको हो ।

अदालतको आदेशविपरीत विद्युतीय माध्यमबाट निर्वाचन गरेको भनिएको नेपाल ओलम्पिक कमिटिको कुनै पनि बैठक लगायतका काम कारबाहीमा अवैधानिक रुपमा निर्वाचनमा सहभागी राष्ट्रिय खेल संघ र महासंघहरुलाई सहभागी नगर्न र नगराउन राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गर्ने निर्णय भएको राखेपले जनाएको छ ।

त्यस्तै, अदालतबाट भएको अन्तरिम आदेश कार्यान्वयनका लागि पटक पटक परिषद्बाट जारी भएको निर्देशनको उल्लंघन गरी गरिएको निर्वाचनसम्बन्धी प्रक्रियालाई कानुनसम्मत मान्न नसकिने बताएको छ।

राखेपले नेपाल ओलम्पिक कमिटिको बैंक खाता रोक्का, वैदेशिक सहभागिता एवं अन्य कार्यक्रममा सहभागितामा रोक्का र भौतिक सम्पत्तिको अनधिकृत रुपमा उपयोगमा रोक्काको लागि सम्बन्धित नियामक निकायहरुमा पत्राचार गर्ने निर्णय गरेको हो ।

एनओसी नेपाल ओलम्पिक कमिटी राखेप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय