+
+

अध्यादेशबारे जसपा नेपाल किन अनिर्णित ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते १५:५०

२४ माघ, काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल अध्यादेशबारे अनिर्णित बनेको छ ।

संघीय संसद्को दुवै सदनमा सरकारले ल्याएका ६ वटा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची थियो । तर, अन्तिम समयमा दुवै सदनको कार्यसूचीबाट अध्यादेश प्रस्तुत गर्ने कार्यसूची हटाइयो ।

प्रतिनिधिसभामा सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको पर्याप्त बहुमत पुग्छ । तर, राष्ट्रिय सभामा बहुमत नपुग्ने भएपछि जसपा नेपालसँग दुवै दलले छलफल अघि बढाएका छन् ।

राष्ट्रिय सभामा जसपा नेपाल निर्णायक छ ।

आज बिहानमात्रै पनि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूले छलफल गरेका थिए ।

उपेन्द्रले ओली–देउवासँग मधेश सरकारको नेतृत्व माग गरेका थिए । यद्यपि छलफल निष्कर्षमा पुगेको थिएन ।

लगत्तै बसेको जसपा नेपालको संसदीय दलको बैठकले विरोध वा समर्थनको कुनै निर्णय लिने बताइएको थियो ।

तर, आजको कार्यसूचीबाट अध्यादेशसम्बन्धी विषय हटेपछि कुनै निर्णय नगरेको पार्टीकी प्रमुख सचेतक रेखा यादवले बताइन् ।

उनका अनुसार बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई अध्यादेशबाट अध्ययन गर्न पार्टीको तर्फबाट बनाइएको कार्यदलले अध्ययन प्रतिवेदन बुझाएको छ ।

‘अध्यादेशबारे कार्यदलले अध्ययन गरेको प्रतिवेदन हामीले पार्टीका अध्यक्ष उपेन्द्र यादवज्युलाई बुझाएका छौँ । संसदको कार्यसूचि अध्यादेशबाट हटेसँगै हामीले पनि अर्को दिन बस्नेगरी बैठक स्थगन गरेका छौँ,’ उनले भनिन् ।

उनका अनुसार अध्यादेबारे एक दुई दिनमै निर्णय हुनेछ ।

‘एक दुई दिनमै निर्णय हुनेछ । सुकुमवासीको पहिचान हुनुपर्‍यो । भूमिहीनलाई पहिचान गरेर जहाँको बासिन्दा हो त्यहाँ नै बसोवास हुुनपर्छ । उनीहरूलाई बसाईंसराई गर्नु हुँदैन,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?