+
+

फिल्म प्रबर्द्धन गर्न ‘लाज शरणम’ले ल्यायो ‘हेर्दा हेर्दैमा’ गीत

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते १६:२०

काठमाडौं । फिल्म ‘लाज शरणम’ले प्रबर्द्धन गीत सार्वजनिक गरेको छ । विहिबार युट्युवमा सार्वजनिक ‘हेर्दा हेर्दैमा’ बोलको गीतमा फिल्मका सबै कलाकारलाई चित्रण गरिएको छ ।

फिल्मभित्र नभएर यसलाई व्यवसायिक प्रबर्द्धनमा प्रयोग गरिने भएको छ । शान्तीश्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्दरचना छ । कृष्ण भारध्वजले संगीत गरेका छन् ।

एकअर्कामा आकर्षित युवायुतीको प्रेम गीतमा समेटिएको छ । भिडियोमा माला लिम्बू, गजित विष्टसँगै चलचित्रका अधिकांश मुख्य कलाकारको अभिनय छ । गजित विष्ट समेत देखिएका छन् । तराई मधेसमा लाग्ने हाट बजारको सेटअपमा भिडियो खिचिएको हो ।

‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको फिल्म हो । यो फिल्म फागुन १४ गते महाशिवरात्रीको अवसरमा प्रदर्शन हुँदैछ । यसमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बुको अभिनय छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सहनिर्माता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?