+

‘काठमाडौं पिंक केयराथन’ आगामी चैतमा हुने

२०८१ माघ  २४ गते १६:४६ २०८१ माघ २४ गते १६:४६
‘काठमाडौं पिंक केयराथन’ आगामी चैतमा हुने

२४ माघ, काठमाडौं । महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले आगामी मार्च २२ मा ‘काठमाडौं पिंक केयराथन’ हुने भएको छ । लेजर पोर्ट नेपालले यो कार्यक्रम गर्न लागेको हो ।

काठमाडौ‌ं पिंक केयराथनमा महिलाहरूको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछ । जुनसुकै उमेर समूहका महिलाहरूले सहभागिता जनाउन सक्ने यो इभेन्टको मुख्य उद्देश्य सधैं घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए ।

आयोजकले बिहीबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पिंक केयरएथनमा यसपटक २५०० देखि ३००० महिलाहरू सहभागी हुने अपेक्षा गरिएको छ ।

कलाकार उषा रजकलाई काठमाडौं पिंक केयराथनको गुडविल एम्बासडर घोषणा गरिएको छ। यसअघि काठमाडौं पिंकाथनको नाममा हुने गरेको यो कार्यक्रम यसपटक अझ नेपालीपन झल्किने गरी काठमाडौं पिंक केयराथन नाममा आयोजना गर्न लागिएको हो ।

लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म ३ वर्ष काठमाडौं पिंकाथन आयोजना गरेको थियो । त्यसपछि कोभिड महामारी र अन्य सामाजिक तथा आर्थिक कारणले रोकिएको इभेन्ट २०२४ मा आयोजना भएको थियो । यस वर्ष पनि भव्य रूपले कार्यक्रम हुने आयोजक संस्थाले जानकारी दिएको छ ।

काठमाडौं पिंक केयराथन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय