+
+

छोरालाई लिएर चेस खेलको प्रबर्द्धनमा जुटे रातामकै

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते १७:०२

काठमाडौं । बौद्धिक खेल मानिने चेसको प्रबर्द्धनमा चर्चित हास्य कलाकार किरण केसी जुटेका छन् । यो खेललाई प्रबर्द्धन गर्ने उद्देश्यले केसी र उनका छोरा सुदीपको पहलमा बुधबार थापाथली चेसपार्कमा मैत्रीपूर्ण चेस प्रतियोगिता आयोजना गरियो ।

प्रतियोगितामा चेस खेलका राष्ट्रिय विजेता खेलाडीदेखि बालबालिकासम्म सहभागि थिए । ‘फ्रेन्ड्ली चेस म्याच’ नाम दिइएको उक्त अवसरमा ‘चेस टु डटकम’ नामक पोर्टल पनि लन्च गरियो ।

केसीले यसबारे भने, ‘खेल्नेलाई हौसला दिन मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिएको हो । चेस खेलेर खान पुग्छ र जीविका चलाउन सकिन्छ भन्ने उद्देश्य र सन्देशले कार्यक्रम गरिएका हो ।’

चेस खेलाउन सके बौद्धिक विकास हुने र बालबालिकामा धैर्यता वृद्धि हुने केसीले बताए । उनले भने, ‘चेस हराउनु हुँदैन । बच्चाले लिएको मोबाइलमा दशथरीका खेल आएका छन् । चेस खेलाउन सके बौद्धिक विकास हुन्छ । धैर्यता रहन्छ । अघि बढ्ने तरिका सिकाउँछ । डिफेन्ड र अट्याक गर्ने कुरा सिक्छन् ।’

उनले चेस खेललाई पाठ्यक्रममा राख्न समेत सरकारसँग माग गरे । पछिल्लो समय अमेरिकामा बस्दै आएका केसीका छोरा सुदीपले बुवा र साथीभाइको सहयोगमा आफूले नेपालमा चेसको प्रबर्द्धन थालेको बताए ।

‘चेस हराएको छैन । चेस झन् झन् बढ्दै छ । यो धेरै खेलिने अनलाइन गेम हो । चेस खेललाई प्रबर्द्धन गर्न आएका हौं । हामीले आफ्नो स्टाइलले प्रबर्द्धन गर्दैछौं’ सुदीपले भने ।

सुदीपले चेसलाई नेपालमा व्यवसायिकरुपमा अघि बढाउन चाहेको बताए । ‘चेस खेलेर जीविका चलाउन चाहन्छु भनेर आएको हो’ उनले भने । प्रतियोगितामा विजयीको प्रोत्साहनको लागि पुरस्कार पनि प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?