+

अस्ट्रेलियाका दुई स्टार बलरले च्याम्पियन्स ट्रफी गुमाउने पक्का

२०८१ माघ  २४ गते १७:२३ २०८१ माघ २४ गते १७:२३
अस्ट्रेलियाका दुई स्टार बलरले च्याम्पियन्स ट्रफी गुमाउने पक्का

२४ माघ, काठमाडौं । झण्डै आठ वर्षपछि हुन लागेको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअघि अस्ट्रेलियन टोलीलाई अर्को धक्का लागेको छ । स्टार अलराउण्डर मार्कस स्टोइनिसले प्रतियोगिताकै संघारमा आएर सन्यासको घोषणा गरेकै दिन दुई स्टार बलरले पनि प्रतियोगिता गुमाउने पक्का भएको हो ।

कप्तान प्याट कमिन्स र जोश हेजलवूडले चोटका कारण प्रतियोगिता गुमाउने भएका हुन् । योसँगै अस्ट्रेलियाले अब प्रारम्भिक टोलीमा चारवटा परिवर्तन गर्नुपर्ने छ । अलराउण्डर मिचेल मार्श पनि चोटका कारण प्रतियोगिताबाट बाहिरिने पहिले नै पक्का भएको थियो ।

कमिन्स र हेजलवूड चोटबाट गुज्रिएको र च्याम्पियन्स ट्रफीका लागि रिकभर नहुने अस्ट्रेलियन टोलीका सेलेक्सन कमिटीका सदस्य जर्ज बेलीलाई उद्धृत गर्दै क्रिकइन्फोले जनाएको छ ।

अब अस्ट्रेलियाले मार्श, स्टोइनिस, कमिन्स र हेजलवूडको विकल्प खोज्नुपर्ने छ । यी चारजनै खेलाडी सन् २०२३ को विश्‍वकप विजेता टोलीका सदस्य थिए । कमिन्सकै कप्तानीमा अस्ट्रेलियाले छैटौंपटक एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।

अस्ट्रेलियाले फेब्रुअरी १२ सम्ममा च्याम्पियन्स ट्रफी खेल्ने टोलीको अन्तिम नामावली टुंगो लगाउनुपर्ने छ । कमिन्स र हेजलवूडको स्थानमा स्पेन्सर जोनसोन र शन एबटले मौका पाउने सम्भावना धेरै छ ।

अस्ट्रेलियाले कप्तान र उपकप्तान पनि टुंगो लगाउनुपर्नेछ । स्टिभ स्मिथ र ट्राभिस हेडले कप्तान र उपकप्तानको जिम्मेवारी प्राप्त गर्न सक्छन् ।

अस्ट्रेलियन क्रिकेट टोली आईसीसी च्याम्पियन्स ट्रफी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय