+
+

त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा. सुवास आचार्य

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते १७:५१

२४ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा डा.सुवास आचार्य नियुक्त भएका छन् ।

छनोट समितिले दिएको सिफारिसमा आचार्यलाई नियुक्त गरिएको हो ।

डा. आचार्य अस्पतालमा क्रिटिकल केयर विभागको प्रमुखमा कार्यरत छन् ।

यस्तै महाराजगञ्ज मेडिकल क्याम्पसको प्रमुखको जिम्मेवारी डा. सुरेश उप्रेती पाएका छन् । यसअघि उनी सहायक क्याम्पस प्रमुखमा थिए ।

कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले प्रारम्भिक चरणमा चार जनालाई चार जनालाई छनोट गरेको थियो । जसमा प्रारम्भिक सूचीमा प्राडा घनश्याम गुरुङ, सहप्राडा गोपाल सेडाईं, प्राडा नरमाया थापा र प्राडा सुवासप्रसाद आचार्यलाई राख्दै माघ २३ गते अन्तर्वार्ताका लागि बोलाइएको थियो ।

जससमध्ये डा. आचार्यलाई समितिले छनोट गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?