+

एपीएफबाट राजीनामा दिएर अस्ट्रेलिया लागिन् भलिबल खेलाडी सरस्वती

२०८१ माघ  २४ गते २०:५८ २०८१ माघ २४ गते २०:५८
एपीएफबाट राजीनामा दिएर अस्ट्रेलिया लागिन् भलिबल खेलाडी सरस्वती

२४ माघ, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीकी मुख्य स्पाइकर सरस्वती चौधरी अस्ट्रेलियातर्फ लागेकी छन् । उनले एपीएफ क्लबबाट राजीनामा बुझाएर अस्ट्रेलिया गएको क्लबका व्यवस्थापक विजय केसीले जानकारी दिए ।

‘पहिले चाहिँ बिदामा गएकी थिइन्, त्यहाँ गएर खेल पनि खेलिन्, अहिले चाहिँ अब सायद उनको भिसा लम्ब्याउने गरी फर्दर स्टेको प्रोसेसहरू मिलेको होला त्यसैले राजीनामा नै बुझाएर त्यता गएकी हुन्’ केसीले अनलाइनखबरसँग भने ।

केसीका अनुसार सरस्वती थप अध्ययनको सिलसिलामा अस्ट्रेलिया गएकी हुन् । उनी समय मिलेको अवस्थामा नेपाल आउँदा एपीएफलाई नै पहिलो प्राथमिकतामा राख्ने र क्लबले चाहेमा खेल्न पनि तयार हुने बताएकी छन् ।

‘राष्ट्रिय टिमबाट उनले सन्यास लिएकी छैनन्, उता गएर पढ्ने र खेललाई पनि निरन्तरता दिने कुरा गरिन्’ केसीले भने, ‘नेशनल टिमले बोलायो भने म खेल्छु, मिल्यो भने एपीएफबाटै खेल्नु पहिलो प्राथमिकतामा राख्ने उनको धारणा थियो।’

सरस्वतीले अघिल्लो साता सम्पन्न टाइगर कप भलिबलमा एपीएफबाट खेलेकी थिइन् । त्यसअघि उनी अस्ट्रेलिया भ्रमणबाट फर्केकी थिइन् ।

एपीएफ क्लबका सदस्यहरूले एक कार्यक्रमको आयोजना गरी बिहीबार सरस्वतीको बिदाई गरेका थिए । उनीहरूले सरस्वतीको जर्सीमा अटोग्राफसहित उनलाई फोटो फ्रेम उपहार पनि दिएका थिए ।

सरस्वती चौधरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय