
२४ माघ, काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत आतंक फैलाएको आरोपमा पक्राउ परेका सात जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले पक्राउ परेका सातै जनालाई बिहीबार परिसर भद्रकाली पठाइएको हो । उनीहरूविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान हुने भएको छ ।
अपराध अनुसन्धान कार्यालयले बुधबार गोपाल मोक्तान, गुणबहादुर गुरुङ, रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु र रोशन तामाङ गरी सात जनालाई पक्राउ गरेको थियो ।
यो समूहले टिकटकमा ‘ग्याङ स्टार’ प्रदर्शन गरेको, तरबार प्रदर्शन गर्ने गरेको, हतियार र बडी प्रदर्शन गर्दै समाजमा अशान्ति मच्चाएको आरोप छ ।
अपराध अनुसन्धान कार्यालयको कमाण्ड सम्हालेलगत्तै एसएसपी रमेश बस्नेतले सामाजमा आतंका सिर्जना गर्ने र गुण्डागर्दीमा संलग्नहरूविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका थिए ।
पक्राउ परेकाहरूले १०/१५ जनाको समूह बनाई खुकुरी, तरबारले केक काट्ने, मसल प्रदर्शन गर्ने र त्यसको भिडियो बनाई टिकटकमा पोस्ट गर्ने गरेका थिए । यस्ता पोस्टले सामाज अशान्ति फैलने भन्दै प्रहरीले कारबाही सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया 4