+
+

पोखरा आइपुगे बेलायती राजकुमार एडवार्ड दम्पती

मंगलबार काठमाडौं आएका उनीहरू बिहीबार र शुक्रबार कास्कीमा रहने छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते १८:२८

२५ माघ, पोखरा । बेलायती राजकुमार एडवार्ड र राजकुमारी डचेस सोफी पोखरा आइपुगेका छन् । उनीहरूलाई पोखराका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले स्वागत गरे ।

मंगलबार काठमाडौं आएका उनीहरू बिहीबार र शुक्रबार कास्कीमा रहने छन् । उनीहरू बिहीबार पोखराको टाइगर माउन्टेन लजमा बास बस्ने छन् ।

राजकुमार एडवार्डले शुक्रबार बेलायती सेनामा नयाँ भर्ती भएका नेपाली युवालाई पोखराको ब्रिटिस क्याम्पमा पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम छ ।

शुक्रबार नै उनी लुम्लेमा हाइकिङ गर्ने, घान्द्रुक घुमेर चन्द्रकोटमा बास बस्ने कार्यक्रम छ ।

राजकुमार एडवार्डलाई स्वागतपछि मेयर आचार्यले उनको भ्रमणले पोखराको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान हुने बताए ।

‘तपाईंहरूको भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ गर्नुका साथै पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति, र आतिथ्यलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्ने विश्वास लिएको छु,’ मेयर आचार्यले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?