+

फागुन दोस्रो साता स्वयम्भुमा अन्तर्राष्ट्रिय बक्सिङ र मुया थाई च्याम्पियनसिप हुने

२०८१ माघ  २४ गते २०:०२ २०८१ माघ २४ गते २०:०२
फागुन दोस्रो साता स्वयम्भुमा अन्तर्राष्ट्रिय बक्सिङ र मुया थाई च्याम्पियनसिप हुने

२४ माघ, काठमाडौं । सिजीजी स्पोर्ट्स हबको अयाजोनामा दोस्रो चंग्या गुरुङ अन्तर्राष्ट्रिय बक्सिङ र मुया थाई च्याम्पियनसिप हुने भएको छ । प्रतियोगिता आगामी फागुन ९ र १० गते स्वयम्भुमा संचालन बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

बक्सिङ प्रतियोगितामा भारत र भुटानका खेलाडीहरु संगै नेपालका बक्सरको सहभागीता रहने जानकारी आयोजक समितिका संयोजक दोर्जे घलेले पत्रकार सम्मेलनमा जानकारी दिए । बक्सिङमा जम्मा ४४ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने बक्सिङ प्रतियोगिताका प्राविधिक निर्देशक दीपक महर्जनले बताए ।

पुरुष एलीट बक्सिङमा ५४ केजी, ५७ केजी र ६० केजी वजन समूहमा प्रतिस्पर्धा हुनेछ भने एलीट महिलामा ५७ केजीमा मात्र प्रतिस्पर्धा हुनेछ । पुरुष युथ बक्सिङमा ६० केजीमा प्रतिस्पर्धा हुनेछ भने महिला युथ बक्सिङमा ५७ केजी र ६० केजीमा प्रतिस्पर्धा हुनेछ । जुनियर पुरुस बक्सिङमा ५४ केजी र ६३ केजीमा प्रतिस्पर्धा गर्नेछन् ।

मुया थाईमा २१ टोलीका कुल ७६ खेलाडीहरू सहभागी हुने संयोजक संजय राईले बताए । पुरुष प्रो खेलाडीहरू ४५ केजी, ५१ केजी, ५५ केजीर ६५ केजीमा प्रतिस्पर्धा गर्नेछन्। महिला प्रो खेलाडीहरू केवल ५१ केजीमा प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष सेमी-प्रोमा ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजीर ७५ केजीमा प्रतिस्पर्धा हुनेछ भने महिला खेलाडीहरू ५० केजी, ५५ केजी र ६० केजी वजन समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष एमेच्योर बक्सिङमा ५० केजी, ५५ केजी र ६० केजीमा खेलाडीहरू प्रतिस्पर्धा गर्नेछन् भने महिला खेलाडीहरू ५० केजी र ५५ केजीमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रो इभेन्टको विजेतालाई नगद पुरस्कारले सम्मानित गरिने आयोजकले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बक्सिङ र मुया थाई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय