+
+

अर्थमन्त्रीले संसद्‍मा गरे आफैंले कार्यान्वयन गरिरहेको बजेटको आलोचना

‘यो बजेटको प्रिन्सिपलमाथि नै उभिएर निर्माण भएको छैन, यो बजेट साँच्चै भन्ने हो भने एक प्रकारको मुलुकका लागि बोझ हो,’ संसद्‍मा बजेटको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते १८:३२

२४ माघ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफैंले कार्यान्वयन गरिरहेको चालु आर्थिक वर्ष २०८१/८२ को बजेटको आलोचना गरेका छन् ।

यो बजेट अघिल्लो सरकारले ल्याएको हो । त्यो सरकारमा एमाले सहभागी थियो । बजेट भने वर्तमान सरकारले कार्यान्वयन गरिरहेको छ ।

‘यो बजेटको प्रिन्सिपलमाथि नै उभिएर निर्माण भएको छैन, यो बजेट साँच्चै भन्ने हो भने एक प्रकारको मुलुकका लागि बोझ हो,’ संसद्मा बजेटको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले भने ।

उनले सदनले परिस्थितिसम्मत ढंगले पास गरेको भन्दै आफ्नो सामु दुई विकल्पमात्र रहेको बताए ।

‘मैले यो बजेट ठिक ढंगले निर्माण भएको छैन, ठिक ढंगले कार्यान्वयन हुन सक्दैन भन्ने सच्चाइलाई देशवासीका सामुन्ने राखेर म पूरक बजेटको बाटोमा हिँड्न सक्थेँ,’ उनले भने, ‘तर, मैले याद गरेँ, साथीहरू हौं, वल्लोपल्लो मेचमा बस्छौं, ठिकै छ भनेर अगाडि बढो ।’

बजेट कार्यान्वयन क्रममा यसमा रहेका विसंगति र अन्तरविरोध कानुनसम्मत ढंगले अर्धवार्षिक समीक्षाबाट सच्याउने गरी अगाडि बढेको उनको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?