+
+

सरकारलाई साहको प्रश्न : न्यायालयमा सुधार खोज्नु अपराध हो ?

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले न्यायालयमा सुधारको कुरा गर्दा आफूमाथि अदालतको मानहानी सम्बन्धी मुद्दा दर्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते १९:३५

२४ माघ, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले न्यायालयमा सुधार आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले अदालत सक्षम र न्याय निश्पक्ष हुनुपर्ने धारणा राखे ।

आफूमाथि अदालतको अपहेलना मुद्दा परेको भन्दै उनले सरकारको ध्यानाकषण गरे । ‘अदालत सक्षम हुनुपर्छ, न्याय निश्पक्ष हुनुपर्छ, न्यायलयमा सुधार हुनुपर्छ भन्नु गलत हो ? सरकारलाई सोध्न चाहन्छु– न्यायालयबाट विकृति विसंगति हटाउनुपर्छ भन्नु गलत हो ?’ उनले भने ।

न्यायाधीश नियुक्ति, सरुवा बढुवाको विषयमा टिकाटिप्पणी हुने गरेको उनले स्मरण गरे । ‘न्यायाधीशको नियुक्ति, सरुवा–बढुवामा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्छ भन्नु अपराध हो ? दलीय प्रभावमा न्यायालयलाई राख्न हुँदैन भन्नु अपराध हो ? होइन भने म माथि अदालतको अपहेलना मुद्दा कसरी दर्ता भयो ? म सरकारको जवाफ चाहन्छु,’ उनले भने ।

पूर्वमन्त्रीसमेत रहेका साहले न्यायलयमा राजनीतिक प्रभाव रह्यो भन्ने कतिपय अवस्थामा महसुस हुने गरेको बताए । ‘न्यायाधीशको नियुक्ति लिने बित्तिकै दलको कार्यालयमा पुगेको दृश्य हामीले बिर्सेका छैनौं । नेताको कोठा–कोठामा पुगेर सरुवा–बढुवा उन्नति खोज्ने दृष्यहरू पनि हामीले देखकै छौं । यो कुरा उठाउनु अपराध हो ? होइन भने कसरी अपहेलना भयो ? कानुन न्यायमन्त्रीको जवाफ चाहन्छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?