+
+

धादिङको बेनीघाटमा कार र जीप आपसमा ठोकियो, ४ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते २१:३१

२४ माघ, काठमाडौं। धादिङ बेनिघाट रोराङ गाउँपालिका-५ चरौदीमा कार र जीप आपसमा ठोक्किदा ४ जना घाइते भएका छन् ।

चितवनबाट काठमाडौंतर्फ आउदै गरेको बा.१२ च.१९१६ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च.८५०५ नम्बरको बलेरो आपसमा ठोक्किन ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेनिघाटका प्रहरी सहायक निरीक्षक सुवास राईले बताए ।

उनका अनुसार दुर्घटनामा परी घाइते हुनेहरूमा काठमाडौं महानगर- १६ बस्‍ने ७५ वर्षीय सुबिचिन्न श्रेष्ठ, ४२ वर्षीया गिता श्रेष्ठ, ४३ वर्षीया शारदा ढकाल र ५३ वर्षीया लक्ष्मी श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार सुबिचिन्नलाई सामान्य चोट लागेको छ भने गीतालाई टाउकोमा सामान्य चोट लागेको छ । यस्तै सारदालाई बाहिरी चोट छैन भने लक्ष्मी श्रेष्ठलाई छातीमा भित्री चोट लागेकाले बोल्न नसक्‍ने अवस्थामा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?