+

फेरान टोरेसको ह्‍याट्रिकमा बार्सिलोना ‘कोपा डेल रे’को सेमिफाइनलमा

२०८१ माघ  २५ गते ६:५७ २०८१ माघ २५ गते ६:५७
फेरान टोरेसको ह्‍याट्रिकमा बार्सिलोना ‘कोपा डेल रे’को सेमिफाइनलमा

२५ माघ, काठमाडौं । फेरान टोरेसको ह्‍याट्रिक मद्दतमा बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलमा फराकिलो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्‍वाटरफाइनलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५-० गोलअन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा फेरानले ह्‍याट्रिक गर्दा फर्मिन लोपेज र लामिन यमालले १-१ गोल गरे । पहिलो हाफमै ४ गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा एक गोल मात्र गर्‍यो ।

खेलको तेस्रो मिनेटमा नै फेरानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । १७औं मिनेटमा उनले टोलीको अग्रता दोब्बर पारे । २३औं मिनेटमा लोपेजले गोल गर्दै ३-० को अग्रतामा पुर्‍याए ।

३०औं मिनेटमा फेरानले ह्‍याट्रिक पूरा गर्दा बार्सिलोना ४-० ले अघि बढिसकेको थियो । त्यसपछि दोस्रो हाफको ५९औं मिनेटमा यमालले गोल गरेपछि बार्साको ५-० को जित पक्का भयो ।

गएराति नै भएको अर्को खेलमा रियल सोसिडाडले ओसासुनालाई २-० ले हराउँदै सेमिफाइनलमा पुगेको छ । बार्सिलोना र सोसिडाडसँगै दुई मड्रिड क्लब रियल र एट्लेटिको पनि सेमिफाइनलमा पुगेका छन् ।

अब सेमिफाइनल ड्र आउने शुक्रबार १२ फेब्रुअरीमा हुनेछ । सेमिफाइनलका पहिलो लेगका खेलहरु फेब्रुअरी २५-२७ तथा दोस्रो लेगका खेलहरु अप्रिल १-३ मा हुनेछ ।

कोपा डेल रे बार्सिलाेना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय