+
+

झापाबाट काठमाडौं आउँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना, ६ यात्रु घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते ७:३७

२५ माघ, काठमाडौं । झापाबाट काठमाडौंका लागि हिंडेको निजी ईभी गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

बागमती प्रदेशका ट्राफिक प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार घाइते हुनेमा ४ पुरुष र २ महिला छन् । घाइतेमध्ये २ जना पुरुषको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेको उनले जानकारी दिए ।

काठमाडौंका लागि हिंडेको गाडी सिन्धुलीअन्तर्गत पर्ने वीपी राजमार्गमा बिहानी पौने ४ बजेको समयमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उक्त गाडी आफैं अनियन्त्रित भई सडकबाट ४०० मिटर तल खस्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?