+
+

अरुणभ्याली हाइड्रोपावरको नाफा ८.३ गुणा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते ८:५१

२५ माघ, काठमाडौं । अरुणभ्याली हाइड्रोपावरको नाफा ८.३ गुणा बढेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १९ करोड ४२ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा २ करोड ३२ लाख रुपैयाँ थियो ।

बिक्री आम्दानी बढ्नु तर वित्तीय लागत घट्दा नाफामा उल्लेख्य योगदान पुगेको छ । विद्युत् बिक्री आम्दानी पहिले ३ करोड २० लाख रुपैयाँ रहेकोमा अहिले १४ करोड १२ लाख रुपैयाँ छ ।

कम्पनीको वित्तीय लागत उच्च दरले घटेको छ । यस्तो लागत पहिले ७ करोड ६२ लाख रुपैयाँ रहेकोमा अहिले २ करोड २८ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १० रुपैयाँ ९ पैसा छ । प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ छ । बिहीबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता २६३ रुपैयाँ ५० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?