+

आहारारा पोखरा गोल्डकप : संकटाले आज भारतको थण्डरबोल्टसँग खेल्ने

२०८१ माघ  २५ गते ९:१७ २०८१ माघ २५ गते ९:१७
आहारारा पोखरा गोल्डकप : संकटाले आज भारतको थण्डरबोल्टसँग खेल्ने

२५ माघ, काठमाडौं । २४औं आहारारा पोखरा गोल्डकपको अन्तिम प्रिक्वाटरफाइनलमा आज पूर्व विजेता संकटा एफसीले भारतको थण्डरबोल्ट युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु हुनेछ ।

सिक्किमको थण्डरबोल्ट पहिलो पटक आहारारा पोखरा गोल्डकप खेल्न पोखरा आएको हो । संकटाले केही दिनअघि काठमाडौंमा भएको प्रथम सभापति कप फुटबलको उपाधि जितेको थियो ।

गोलकिपर कप्तान दिप कार्कीको कप्तानीमा रहेको संकटामा दिपसहित अनुभवी खेलाडी र युवा खेलाडीहरुको मिश्रण छ भने विदेशी खेलाडीहरु पनि छन् । संबटाले २०७७ र २०९९ सालमा आहारारा पोखरा गोल्डकपको उपाधि जितको थियो ।

संकटा र थण्डबोल्ट युनाइटेडको खेलपछि प्रि क्वाटरफाइनलका खेलहरु सकिनेछन् र क्वाटरफाइनल समिकरण तय हुनेछ । यस खेलको विजेताले अन्तिम क्वाटरफाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

आहारारा पोखरा गोल्डकप सहारा क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय