
२५ माघ, काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ७.५ प्रतिशत सेयर बोनस र सोको कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कुल ७.८९ प्रतिशत लाभांशमा १५ करोड ७८ लाख रुपैयाँ बराबर वितरण हुने कम्पनीले जनाएको छ । यो लाभांश नियामक बीमा प्राधिकरण र कम्पनीको साधारणसभाबाट स्वीकृतपश्चात वितरण हुनेछ । बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4