+
+
फ्राइडे रिलिज :

हलमा लागे ‘जुना’, ‘सारंग’, ‘ममी’सहित सन्नी लियोनीको ‘बडास रविकुमार’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते ११:५५

काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा तीन नेपालीसहित एक विदेशी फिल्म प्रदर्शनमा आएका छन् । तीन नेपाली भाषाका फिल्महरू ‘सारंग’, ‘जुना’ र ‘ममी’सहित हिन्दी भाषाको ‘बडास रवि कुमार’ रिलिज भए । ३ नेपाली फिल्म भिन्न जनरा र कथावस्तुमा बनेका छन् । भिन्न जनरा रुचाउने दर्शकलाई रुचिअनुसार फिल्म हेर्ने सुविधा उपलब्ध छ ।

‘ममी’ एडल्ट फिल्म हो जसलाई १७ वर्षभन्दा कम उमेर समूहका दर्शकले हेर्न पाउनेछैनन् । १२४ मिनेट रनटाइमको यो फिल्मलाई थ्रीलर र हरर जनरामा राखिएको छ ।

समर निरौला निर्देशित यो फिल्ममा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती, आयुषी ढकाल लगायतको अभिनय छ । घरपालुवा कुकुर मारेपछि कालो विरालोलाई घरमा ल्याइँदा सो घरमा हुने रहस्यपूर्ण घटनाको कथावस्तुमा फिल्म बनेको छ । तपाईंलाई हरर थ्रीलरमा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ ।

‘जुना’को रनटाइम १०५ मिनेट छ र यो फिल्मलाई जुनसुकै उमेरका दर्शकले हेर्न सक्छन् । बालविवाह र महिला हिंसाको कथावस्तुमा फिल्म बनेको छ । फेमिली र सोसल ड्रामा जनरामा बनेको फिल्मलाई जीवन सेन्चुरीले निर्देशन गरेका हुन् । यो फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद ढकाल, देशभक्त खनाल, रश्मि भट्ट, कमल बोहरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र विक, केशव अधिकारीको अभिनय छ ।

‘सारंग’को रनटाइम १२८ मिनेट छ र यो फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न सक्छन् । प्रशान्त तामाङ निर्देशित फिल्ममा ऋचा शर्मा, उत्पल झा, आदित्य कार्की, सम्राट थापाको अभिनय छ । अभिभावक अलग हुँदा यसले बालबालिकामा पर्ने मनोवैज्ञानिक असरको कथा यसमा चित्रित छ ।

बलिउड फिल्म ‘बडास रविकुमार’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । किथ गोम्स निर्देशित फिल्ममा सन्नी लियोनी, कीर्ति कुलहरि र हिमेश रेशमियाको अभिनय छ । १४२ रनटाइमको फिल्मलाई पीजी सर्टिफिकेट प्राप्त छ । ‘पूर्णबहादुरको सारंगी’ले शुक्रबार १०० दिन मनाउँदैछ । शुक्रबारदेखि ‘एक्टर : टेक वन’ दोस्रो सातामा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?