+
+

प्रकाशमान भन्छन्– कामभन्दा हल्ला बढी गर्नेको नियत बुझौं

अर्थतन्त्र लयमा ल्याउन अध्यादेश ल्याएको जिकिर

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते १२:०२

२५ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन् । शुक्रबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका वडा नम्बर २९ को वडा भवन उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘संविधान जारी गरेको कुरा यो केही होइन भन्छन् । के गर्दा ठूलो कुरा हुने यहाँ ?’ उनले प्रश्न गरे, ‘काम गर्नेहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ?’

उनले कामभन्दा हल्ला बढी गर्नेहरुलाई चिन्न र त्यस्ता व्यक्तिहरुको पछि नलाग्न पनि आह्वान गरे । ‘होहल्ला गर्ने पछाडिको नियत के हो ? तपाईं–हामीले त्यो पनि बुझ्नुपर्याे,’ उनले भने, ‘होहल्ला गर्नेको पृष्ठभूमि कसैले नबुझ्ने । विदेशमा कति हजार डलर कमाइराको छोडेर आको भन्छन् । छोडेर आको कि केही काण्ड भएर फर्केर आएको हो, त्यो पनि बुझ्नुपर्याे नि ।’

उनले राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूलाई चिन्न सुझाव दिए ।

फरक सन्दर्भमा उनले सार्वजनिक जग्गा जनताको लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्ने बताए । सरकारले त्यसका लागि काम गरिरहेको भन्दै उनले नागरिकतहबाट सरकारलाई साथ दिन आग्रह गरे ।

काठमाडौं क्षेत्र नं १ बाट आफूले संसदमा प्रतिनिधित्व गरेपछि सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएको जिकिर गर्दै अब स्वास्थ्य क्षेत्रमा ध्यान दिनुपर्ने बताए ।

प्रभावकारी वडा क्लिनिक बनाउनका लागि काम गर्नुपर्ने उनको भनाइ थियो । वडाको प्रशासकीय भवन बनेपछि काठमाडौं २९ को सेवा प्रभावकारी बन्ने सिंहले विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?