+
+

केयूको भीसी दौडमा थपिए चार, अब २० जनाबीच प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते १२:२६

२६ माघ, काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति (भीसी) का लागि २० जनाको आवेदन स्वीकृत भएको छ । पहिलो पटक पुस १८ मा आवेदन माग गर्दा १७ जनाको आवेदन परेकोमा १६ जनाको स्वीकृत भएको थियो ।

तर, केयूका मेडिकल संकायकाले कार्यविधिका कारण आवेदन दिन नपाएपछि १८ माघमा दोस्रो पटक आवेदन माग गर्दा ४ जनाको स्वीकृत भएको छनोट समितिले जनाएको छ ।

दोस्रो पटक आवेदन दिनेहरूमा प्रा.डा गेहनाथ बराल, प्रा.डा गजेन्द्रप्रसाद कोजू, प्रा.डा अजय रिसाल, प्रा.डा दिपक श्रेष्ठ छन् ।

यससँगै अब केयूको भीसीमा २० जनाबीच प्रतिस्पर्धा हुनेछ ।

उम्मेदवारहरूले अन्तर्वार्तासँगै आफ्नो सोचपत्र पनि प्रस्तुत गर्नेछन् । सबै मूल्यांकन गरेपछि छनोट समितिले कुलपतिलाई ३ जनाको नाम सिफारिस गर्ने छ ।

यी हुन् केयू भीसीका उम्मेदवार:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?