+
+

आफ्नै कम्पनीको खानाले क्याथे प्यासिफिकका ४३ यात्रुलाई ‘फुड प्वाइजन’

नेपालबाट हङकङ उडेका यात्रुलाई फुड प्वाइजन भएपछि खाद्य तथा गुण नियन्त्रण विभागले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा उडान कम्पनीकै क्याथे प्यासिफिक क्याटरिङ सर्भिसले तयार गरेको खानाका कारण फुड प्वाइजन भएको उल्लेख हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते १२:४८

२५ माघ, काठमाडौं । नेपालबाट हङकङ उडानका क्रममा हङकङको ध्वजावाहक क्याथे प्यासिफिक एयरवेजको जहाजका यात्रुलाई खाद्य विषाक्तता (फुड प्वाइजन) हुनुको कारण नेपाली खाना नभएको पुष्टि भएको छ ।

२४ र २५ पुसमा काठमाडौंबाट हङकङ गएको क्याथे प्यासिफिकको जहाजका दुई उडानमा गरी ४३ यात्रुलाई फुड प्वाइजन भएको थियो ।

नेपालबाट हङकङ उडेका यात्रुलाई फुड प्वाइजन भएपछि खाद्य तथा गुण नियन्त्रण विभागले वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै उडान कम्पनीकै क्याथे प्यासिफिक क्याटरिङ सर्भिसले तयार गरेको खानाका कारण फुड प्वाइजन भएको जनाएको हो ।

प्रतिवेदनका अनुसार सुरुमा २८ जनामा फुड प्वाइजन भएको भनिए पनि हङकङबाट ४३ जनालाई फुड प्वाइजन भएको जानकारी आएको समेत उल्लेख छ ।

कोरोनापछि उडान रोकेको क्याथेले असोज २०७९ देखि नेपालमा पुनः उडान थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?